दफा ३०
विनियमावली तथा कार्यविधि बनाउने अधिकार
; (१) सार्बजनिक सेवा प्रसारण संस्थाले यो ऐन र यस ऐन अन्तर्गत बनेको नियमको अधीनमा रही नेपाल सरकारको स्वीकृतिमा देहायको विषयमा विनियमावली बनाई लागु गर्न सक्नेछः-

(क) कर्मचारीको सेवा सर्त र सुविधा सम्बन्धी, र

(ख) आर्थिक प्रशासन सम्बन्धी ।

(२) सार्वजनिक सेवा प्रसारण संस्थाले यो ऐन र यस ऐन अन्तर्गत बनेको नियमको: अधीनमा रही श्रोता तथा दर्शक समूह गठन सम्बन्धी विषयमा कार्यविधि बनाई लागु गर्न सक्नेछ।